Jun 04 2026 | २०८३, जेठ २१ गते
मगर कथानक चलचित्र 'उखान' का निर्देशक प्रकाश कुमार दर्लामीले अनलाइन पत्रिकासँगको विशेष कुराकानीमा भन्नुभयो, ‘चलचित्रको कथा सन्देशमुलक बनेको छ ।’
काठमाडौं । मगर कथानक चलचित्र 'उखान' प्रदर्शन हुने भएको छ। एक्सन फिल्म्सको ब्यानरबाट चलचित्र निर्माण भएको हो ।
माघ १ गत्ते पुष्पाञ्जली चलचित्र मन्दिरमा च्यारिटी शो गरिने चलचित्रका निर्देशक प्रकाश कुमार दर्लामीले जानकारी दिएको छ। दर्लामीले अनलाइन पत्रिकासँगको विशेष कुराकानीमा भन्नुभयो, ‘चलचित्रको कथा सन्देशमुलक बनेको छ ।’
चलचित्रमा कमेडी च्याम्पियनका चर्चित हास्य कलाकार खड्ग बहादुर पुन (खबपु), प्रकाश कुमार दर्लामी, रिमा काउचा मगर, काजिमान पुलामी, धनमाया सोति मगर, हेमा पुन मगर, बलबिक्रम थापा, सावित्री रानामगर, मेक आले, शंकर सुनुवार, दीपक योगी, लक्ष्मी श्रेष्ठ र बाल कलाकारमा नम्रता पुन मगरको मुख्य अभिनय रहेको छ।
यस चलचित्रमा कथा, पटकथा र निर्देशन प्रकाश कुमार दर्लामी, निर्माता टेक बहादुर अस्तानी, सहनिर्माता सुनिता आले र टीका मगर, कार्यकारी निर्माता मेक आले, छायांकन सुजन श्रेष्ठ, श्रृंगारमा सन्ध्या पुन र सम्पादन युवराज खत्रीले गरेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij