Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । निर्देशक प्रकु पाण्डेको निर्देशन रहेको चलचित्र ‘ईओजी (एरर्स अफ गड)’ को टिजर सार्वजनिक भएको छ । कलासी प्रोडक्सनको निर्माणमा बनेको यस चलचित्रले प्रचार प्रसार गर्न सो टिजर ल्याएको हो ।
संगीत सापकोटाको लेखन र सगुन पोख्रेलले निर्माण रहेको सो चलचित्रमा विकाश जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, सरिता ढुंगाना, भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतिक दुलाल, अस्मिता खनाललगायत ५० भन्दा बढी कलाकारको अभिनय रहेको छ ।
क्राइसिस ज्याक (कृष्ण) को छायांकन रहेको चलचित्रमा रोमी मोसेस तन्डुकारको सम्पादन र शक्ति राईको कला निर्देशन छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij