Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अनलाइन पत्रिकाको विशेष समाचार बुलेटिन

अनलाइन पत्रिकाको विशेष समाचार बुलेटिन

  • १. स्वास्थ्य मन्त्रालयको कोरोना अपडेट स् १८९ संक्रमित, दुईको मृत्यु
    नेपालमा पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ४८३ जनाको पीसीआर परीक्षणमा १५८ र २ हजार ५१४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३१ जनामा कोरोना पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने सोही अवधिमा २५० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    २. भीम रावल बने सल्लाहकार 
    नेकपा (एमाले) का निवर्तमान उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको सल्लाहकारको रूपमा जिम्मेवारी पाएका छन् । रावल १०औँ महाधिवेशनमा अध्यक्षमा ओलीसँग पराजित भएका थिए । अधिवेशनपछि उनी पार्टीमा जिम्मेवारविहीन भएका थिए ।

    AGNI GROUP

    ३. शेयर बजारको ओरालो यात्रा 
    निरन्तर ओरालो लाग्दै आएको सेयर बजार यो साता पनि त्यसकै निरन्तरता पायो । सेयर बजारमा यो साता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अर्थमन्त्री जनार्दन शर्माको बचाउमा दिएको अभिव्यक्ति तथा एमाले अध्यक्ष केपी ओलीले प्रचण्डले सेयर बजार डुबाउन खोजेको भन्ने अभिव्यक्तिले निकै चर्चा पाएको थियो । दाहालले सेयर बजारका लगानीकर्ताको मनोबल खस्कीने गरी दिएको अभिव्यक्तिमै टेकेर ओलीले दाहाललाई काउन्टर दिएका थिए ।
    माओवादी केन्द्रका अध्यक्ष दाहालले औद्योगिक क्षेत्रमा लगाउनु पर्ने पूँजीको लगानी शेयरबजारमा हुनु साम्राज्यवादको विकसित रूप भएको भन्ने अभिव्यक्ति दिएपछि त्यसको प्रत्यक्ष असर शेयर बजार परेको थियो । दाहालको सो अभिव्यक्तिलाई एमाले अध्यक्ष ओलीले लगानीकर्ताबाट चन्दा नपाएपछि सेयरबजार विरोधि अभिव्यक्ति दिएको भनेर लगानीकर्ताको मन जित्ने प्रयास गरेका थिए ।

    ४. जावलाखेलको जीत
    जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जीत दर्ता गरेको छ । शनिबार दशरथ रंगशालामा भएका खेलमा जावलाखेलले च्यासल युथ कलबलाई १–० ले पराजित गर्यो । यो जितसँगै जावलाखेलले जारी लिगमा पहिलो तीन अंक बटुल्यो । जावलाखेलको गोलका लागि दुई विदेशी खेलाडीले साझेदारी गरे । 

    ५. डोटीको बेड गाउँ, बालविवाह मुक्त गाउँ 
    डोटीको दिपायल सिलगढी नगरपालिका–८ बेड गाउँ जिल्लाभरिकै पहिलो बालविवाह मुक्त गाउँ घोषणा गरिएको छ । वडा अध्यक्ष रामबहादुर खड्काले गाउँलाई बालविवाह मुक्त गाउँ घोषणा गरिएको बताए । जिल्लामा सबैभन्दा बढी बाल विवाह गरिने वडाका रुपमा चिनिँदै आएको थियो । 

    ६.प्रधानमन्त्री कप प्रारम्भ 
    प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । पहिलो खेलमा प्रदेश– १ र कर्णाली प्रदेश, दोस्रो खेलमा बाग्मती र लुम्बिनी प्रदेश भिड्नेछन् ।
    महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस ११ गते सम्म चल्ने छ । ७ प्रदेश र एक विभागीय गरी ८ टिम सहभागी हुने प्रतियोगिता दुई समूहमा विभाजन गरी खेलाइने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । समूह ‘ए’ मा एपीएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् । समूह ‘बी’ मा सुदूरपश्चिम, वाग्मती, गण्डकी र प्रदेश नम्बर १ रहेका छन् । 

    ७. मेयर गजेन्द्रसामु कृषकको गनगन
    गोदावरी नगरपालिकासँग स्थानीय किसानको गुनासो नै गुनासो रहेको पाएको छ । चापागाउँमा आयोजित स्थानीय जनप्रतिनिधिसँग कृषकका कुरा कार्यक्रममा किसानहरुले मेयर गजेन्द्र महर्जनसँग दर्जनौं गुनासा सुनाए । ललितपुर लेलेका किसान रामकृष्ण श्रेष्ठले आफूले नगरपालिकाले वितरण गर्ने बिउ मल र कृषि औजारजस्ता समाग्री नपाएको दुखेसो पोखे । उनले किसानले फम दर्ता नगरि अनुदान नपाउने अनुदान पाउनकै लागि धेरै पैसा खर्च गर्ने किसानसँग पैसा नभएको भन्दै समस्या राखेका थिए ।
    छम्पीका बिउ व्यवसायी कृष्णबहादुर घिमिरेले यस ठाउँमा तरकारी बाली चोरीको समस्या रहेको बताए । उनले भने, ‘त्यसैले म बिउ व्यावसायमा संलग्न छु । तर नगरपालिकाले हाम्रो बिउलाई गुणस्तर प्रमाणित नगरिदिएकाले हेटौंडा जानुपर्ने बाध्यता छ ।’

    ८.भारतमा ओमिक्रोनको कहर बढ्यो
    भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १ सय १३ पुगेको छ । उत्तर प्रदेशको गाँजियाबादमा दुई जना ओमिक्रोन संक्रमण पुष्टि भएको हो । डेल्टाको तुलनामा ओमिक्रोन भाइरस कयौँ गुणा बढी फैलिरहेको विज्ञहरुले चेतावनी दिएका छन् । भारतमा डिसेम्बर २ मा पहिलो पटक कोरोनाको नयाँ भेरियन्ट देखिएको थियो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij