Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

जोखियो सुन, ‘ब्रेक शु’सहितको तौल १५५ किलो

जोखियो सुन, ‘ब्रेक शु’सहितको तौल १५५ किलो

  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बुधबार बरामद गरिएको सुन जोखिएको छ । राष्ट्र बैंकको टक्सारमा पोकासहित सुन जोख्दा १५५ किलो भएको राजस्व अनुसन्धान विभाग स्रोतले जनाएको छ । उक्त तौल सुन पोको पारिएको बाकस, त्यसमा बेरिएको कपडा, कार्टुन र ब्रेक सुसहितको हो । तस्करले स्कुटरको ‘ब्रेक शु’ भित्र लुकाएर सुन ल्याएका थिए ।

    images
    images
    images

    कुल एक सय ६० वटा ब्रेक सु फेला परेकोमध्ये एउटाबाहेक सबैमा सुन रहेको पाइएको विभाग स्रोतले जानकारी दिएको छ । अहिले ती ब्रेक सुबाट सुन निकालेर जोख्ने तयारी भइरहेको छ ।

    सुनको वास्तविक तौल सार्वजनिक हुन अझै केही समय लाग्नसक्ने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij