
Jul 09 2025 | २०८२, असार २५ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुमा तरलता बढी भएको भन्दै राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोहि अनुरुप बैंकले आज पनि तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ६३ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।
निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।
राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट बोलकबोल गर्न सकिने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी भदौ २५ गते हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij