Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एसियाली खेलकुदमा नेपालको सहभागिता रहने

एसियाली खेलकुदमा नेपालको सहभागिता रहने

  • चीनको होङझोउमा हुने १९औं संस्करणको एसियाली खेलकुदमा नेपालले २३ खेलमा सहभागिता जनाउने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषद (राखेप) बोर्ड वैठकले एसियाडका लागि सहभागी खेलसंख्या निर्धारण गरेको हो ।

    AGNI GROUP

    दुई वर्षअघि नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेल तथा पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा उच्च प्रदर्शन गरिरहेका तथा सम्भावना भएका खेलहरु समावेश गर्ने निर्णय भएको वैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

    एसियाली खेलकुद भदौ २५ देखि असोज ९ गतेसम्म सन्चालन हुँदैछ । नेपालले सहजै सहभागिता जनाउन पाउने सबैभन्दा ठूलो आधिकारिक प्रतियोगिता भएको हुनाले पनि धेरै भन्दा धेरै खेलका खेलाडीलाई एक्स्पोजर दिने रणनीति राखेपले लिएको हो । तर, यो संख्या अघिल्लो संस्करणको भन्दा कम हो । चार वर्षअघि इण्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुदमा २७ खेलका झण्डै २०० खेलाडीको सहभागिता थियो ।

    साथै वैठकले जेठ २२ देखि २८ सम्म गण्डकी प्रदेशमा निर्धारण गरिएको नवौं राष्ट्रिय खेलकुदमा ३६ खेलका स्पर्धा समावेश गर्ने निर्णय गरेको छ । दुईवटा प्रदर्शनी खेलसमेत समावेश गरिएको छ । नवौं खेलकुदका लागि कार्यविधि पनि पारित भएको छ ।

    २०७७ असारमा राष्ट्रिय खेलकुद विकास ऐन लागू भएको झण्डै दुई वर्षपछि राखेपको बोर्ड बैठक बसेको हो । यसलाई नयाँ ऐन कार्यान्वयनको महत्वपूर्ण चरणका रुपमा पनि हेरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij