
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडाैँ । नेपाल र युगान्डाको महिला टी-२० शृंखला सोमबार सुरु हुँदैछ । घरेलु भूमिमा नेपालको महिला टिमले पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्न लागेको हो । शृंखला अन्तर्गत पहिलो खेल सोमबार दिउँसो १ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपालले सन् २०१९ मा १३ औं साग खेलेपछि घरेलु मैदानमा पहिलो पटक खेल्न लागेको हो । समग्रमा भने नेपाली महिला टिमको यो दोस्रो अन्तर्राष्ट्रिय शृंखला हो र नेपालको महिला टिमले गत वर्ष कतारसँग उसकै मैदानमा शृंखला खेलेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij