Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पश्चिम तराईमा तीन दिनसम्म तातो हावा चल्ने

पश्चिम तराईमा तीन दिनसम्म तातो हावा चल्ने

  • काठमाडौं । आगामी तीन दिनसम्म देशको पश्चिमी तराईमा अत्यधिक गर्मीको सम्भावना छ ।

    onlinepatrika
    Arghakhachi

    मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा आजदेखि तीन दिनसम्म तातो हावा तथा तातो लहर चल्ने सम्भावना रहेको जनाएको छ। यस भूभागका केही स्थानमा पछिल्ला दिनमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।

    AGNI GROUP

    तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोश हुने, मांसपेशी दुख्ने, बान्ता आदि असर हुन सक्ने भएकाले सोबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।

    तातो हावा तथा तातो लहरबाट बच्न गर्मीको समयमा घरभित्र रहन, बाहिरी वातावरणमा बढी नजान, हल्का लुगा लगाउन, सुतीका कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, नियमित पानी तथा झोल पदार्थ आदि प्रशस्त मात्रामा पिउन महाशाखाले आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij