Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । नेपाल प्रिमियर लिग (NPL) को दोस्रो संस्करणको मिति नजिकिदै जाँदा काठमाडौैंमा ट्रफी प्रदर्शन गरिएको छ । बुधबार एनपीएल टीम काठमान्डु गोर्खाजले काठमाडौंको बसन्तपुर, पाटन र भक्तपुर दरवार क्षेत्रमा एनपीएलको ट्रफी प्रदर्शन गरेको हो ।
बाजागाजासहित एनपीएलको ट्रफीलाइ ऐतिहासिक क्षेत्रमा पुराएर प्रदर्शन गरिएको हो । देशभर प्रदर्शनपछि ट्रफी काठमाडौं ल्याइएको हो ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुँदै छ । एनपीएलको दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले साविक विजेता जकनपुर बोल्ट्सको सामना गर्नेछ ।
त्रिवि क्रिकेट रंगशालामा हुने एनपीएलको दोस्रो संस्करणका अधिकांश खेलहरू फ्लडलाइटमा आयोजना हुने क्यानले जनाएको छ ।
_IkiVYuJxsK.jpg)
_gH2elLJdpw.jpg)
_f9P6FGvq88.jpg)
_7BGI3c4fIy.jpg)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij