Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको कर्णालीले २० ओभरमा ३ विकेट गुमादै १६६ रन बनाएको हो । कर्णालीका लागि प्रियांक पंचलले सर्बाधिक ९० रन बनाए भने पवन सराफले २७ रन बनाएका थिए ।
त्यस्तै म्याक ओ डाउडले २० र मार्क वाटले १६ रन बनाएका थिए । त्यस्तै चितवनका बलर सोहेल तनवीर, सैफ जैब र रवि बोपाराले एक एक विकेट लिएका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij