Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एनपीएलमा सट्टाबाजी गराउने आठ भारतीय प्रकाउ

एनपीएलमा सट्टाबाजी गराउने आठ भारतीय प्रकाउ

  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा सट्टाबाजी गराउने आठ भारतीय पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनीहरूलाई एनपीएलमा सहभागी भई अनलाइनमार्फत बेटाकुलर डट लाइभ नामक बेटिङ (सट्टाबाजी) साइटबाट खेल हारजित हुने गरी रकम लगानी गरेको पाइएपछि पक्राउ गरिएको हो ।

    AGNI GROUP

    पक्राउ पर्नेमा राजा यदुला, महेश बाबु, पण्डित श्रीनिवासुलु, सेख सोयब, नभिन मड्डेला, महमद रफी सेख, साईकुमार तम्मिसेट्टी र सेखचन्द बसल छन् । उनीहरूलाई काठमाडौं महानगरपालिका–१४, बल्खुबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

    उनीहरूबाट १५ थान मोबाइलसमेत बरामद गरी आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरी जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij