Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको छ ।
सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३५ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याउँदै जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२७ रन मात्र जोड्न सफल भयो ।
यसअघि दुई खेल खेलेर दुईवटै खेलमा जित हासिल गरेको विराटनगर चार अंकसहित तालिकाको पहिलो स्थानमा थियो । यो विराटनगरको लगातार तेस्रो जित हो । जनकपुर भने सोही खेलमा हार व्यहोर्दै शुन्य अंककासाथ सातौ स्थानमा छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij