Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एनपीएलमा पोखराको पहिलो जित

एनपीएलमा पोखराको पहिलो जित

  • काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई पराजित गरेको छ । विहिबार सम्पन्न दोस्रो खेलमा पोखराले जनकपुरलाई २५ रनले पराजित गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    पोखराले दिएको १५६ रनको लक्ष्य पछाएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाउदै १३० रन बनाएको थियो ।जनकपुरका लागि वाने प्रनिलले सर्बाधिक ५० रन बनाए भने संजय कृष्णमुर्थीले २५ र माज सदाकतले २० रन बनाएका थिए ।त्यस्तै पोखराका बलर विपिन खत्रीले सर्बाधिक ४ विकेट लिए भने सुमीत बर्माले २ तथा कुशल भुर्तेल र जिम्मी निशामले एक एक विकेट लिए ।

    AGNI GROUP

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा ६ विकेट गुमाउदै १५५ रन बनाएको थियो । पोखराका लागि सुमित बर्माले सर्बाधिक ५० रन बनाए भने दिनेश खरेलले ३८, तृत राज दासले २९ र एडम रोसिंगटनले २४ रन बनाएका थिए । त्यसैगरी जनकपुरका बलर संजय कृष्णमुर्थीले ३ विकेट लिए भने ललित राजबंशी र अनिल शाहले एक एक विकेट लिए ।

    यो यस सिजनमा पोखराको पहिलो जित हो । पोखराको ३ खेलमा एक जित र २ हारसहित २ अंक रहेको छ । त्यस्तै डिफेन्डिङ च्याम्पियन जनकपुरले लगातार तेस्रो हार बेहोरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij