Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

कस्तो भयो एनपीएलको अंकतालिका, को को पुग्दैछन् प्लेअफमा ?

कस्तो भयो एनपीएलको अंकतालिका, को को पुग्दैछन् प्लेअफमा ?

  • काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरण अब अन्त्य तिर पुग्नेक्रममा रहेको छ । अहिलेसम्म सुदूरपश्चिम रोयल्स ५ खेलमा अपराजित रहदै १० अंकसहित शिर्ष स्थानमा रहेको छ र प्लेअफमा आफ्नो स्थान सुनिश्चित गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै काठमाडौँ गोर्खाजले ६ खेल खेल्दै ८ अंक हासिल गरेको छ र हाल दोस्रो स्थानमा रहेको छ । अब एक खेल खेल्न बाँकी रहदा काठमाडौँ प्लेअफको नजिक रहेको छ । त्यस्तै विराटनगर किंग्स ५ खेलमा ८ अंकसहित तेस्रो स्थानमा रहेको छ र विराटनगर पनि प्लेअफमा छनौटको सम्भावना बढी रहेको छ ।

    AGNI GROUP

    त्यसैगरी चितवन राइनोजको ४ खेलमा ४ अंक रहेको छ र चौथो स्थानमा छ भने लुम्बिनी लायन्सको ५ खेलमा ४ अंकसहित पाँचौं स्थानमा छ ।

    त्यस्तै कर्णाली याक्सको ५ खेलमा २ अंक छ र छैटौं स्थानमा छ भने पोखरा एभेन्जर्सको ४ खेलमा २ अंक रहेको छ र सातौं स्थानमा छ । त्यस्तै डिफेन्डिङ च्याम्पियन्स रहेको जनकपुर बोल्ट्सको ४ खेलमा चारै खेलमा हार बेहोरेको छ ।

    लिग चरणमा ७-७ खेल खेलिने हुनाले अब अन्तिम चरणका खेलले प्लेअफको समीकरण तय गर्ने छ । अहिलेसम्म सुदूरपश्चिम प्लेअफमा पुगेको छ भने अन्य सातै टिमको प्राविधिक रुपमा सम्भावना कायम रहेको छ ।

    Point_Table1764524538.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij