Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछन् । आज पहिलो खेल जनकपुर बोल्ट्स र चितवन राइनोजबीच बिहान ११: ४५ बजेदेखि हुने छ ।
जारी एनपीएलमा जनकपुर बोल्ट्सले एक खेल पनि जित्न सकेको छैन । जनकपुरले यस अघि खेलेका चार वटै खेलमा हार बेहोरेको छ । त्यस्तै चितवन राइनोजले भने ४ खेलमा २ जित र २ हार बेहोरेर ४ अंकसहित चौथो स्थानमा रहेको छ ।
अनिल शाहको कप्तानीमा रहेको जनकपुरमा आसिफ सेख, ललित राजबंशी जस्ता राष्ट्रिय टिमका खेलाडी छन् भने इमरान ताहिर, वाने प्रनिल, लाहिरु मिलान्था जस्ता विदेशी खेलाडी रहेका छन् । त्यस्तै कुशल मल्लको कप्तानीमा रहेको चितवनमा रिजन ढकाल, कलमसिंह ऐरी, देव खनाल जस्ता राष्ट्रिय खेलाडी रहेका छन् भने रवि भोपारा, सोहेल तनवीर, सैफ जैब, डेविड मलान र अल्पेस रामजानी जस्ता विदेशी खेलाडी रहेका छन् ।
त्यसैगरी आज दोस्रो खेल पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच दिउसो ४ बजेदेखि शुरु हुदैछ ।
जारी एनपीएलमा पोखराले ४ खेलमा एक खेल जितेको छ भने ३ खेलमा हार बेहोरेको छ । त्यस्तै कर्णाली याक्सले ५ खेलमा एक जित र ४ हार बेहोरेको छ ।
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्समा सागर ढकाल, आकाश चन्द जस्ता राष्ट्रिय टिमका खेलाडी रहेका छन् भने डान डाउथवेट, जिम्मी निशाम, रेमन राइफर, एडम रोसिङ्टन र जेसन रोय जस्ता विदेशी खेलाडी रहेका छन्। त्यस्तै सोमपाल कामीको कप्तानीमा गुलशन झा, नन्दन यादव, पवन सराफ, जस्ता राष्ट्रिय खेलाडी रहेको कर्णाली याक्समा जयकिशन कोलसावाला, म्याक्स ओ'डाउड, प्रियांक पञ्चाल, मार्क वाट र नाजिबउल्लाह जद्रान जस्ता विदेशी खेलाडी समेत रहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij