Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एनपीएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

एनपीएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

  • काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदैछ । आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच दिउसो ४ बजेदेखि खेल हुदैछ ।

    onlinepatrika
    Arghakhachi

    जारी एनपीएलमा विराटनगर किंग्सले ५ खेलमा ४ जित र एक हारसहित ८ अंक रहेको छ । आजको खेल जितेमा विराटनगरले प्लेअफमा आफ्नो स्थान सुनिश्चित गर्नेछ ।

    AGNI GROUP

    त्यस्तै लुम्बिनी लायन्सका लागि प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्न यो खेल जित्नैपर्ने अवस्था रहेको छ । लुम्बिनीले हालसम्म ५ खेलमा २ जित हासिल गरेको छ भने २ ३ खेलमा हार बेहोरेको छ ।

    सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा लोकेश बम, प्रतिश जिसी जस्ता राष्ट्रिय खेलाडी छन् भने जर्ज मुन्सी, मार्टिन गप्टिल, शुभम सुबहस रंजने, मर्चेन्ट डी लंगे, फाफ डु प्लेसिस, साम्युएल डाली हीजलेट जस्ता विदेशी खेलाडी रहेका छन् । फाफ डु प्लेसिसले सम्भवत आजको खेलमा विराटनगरका लागि खेल्ने छन् ।

    त्यस्तै रोहित कुमार पौडेलको कप्तानीमा खेलिरहेको  लुम्बिनीमा सन्दीप जोरा, विवेक यादव जस्ता राष्ट्रिय खेलाडी छन् भने थोमस ड्राका, डार्सी सर्ट, गुलबदीन नाइब, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान जस्ता विदेशी खेलाडी रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij