Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । जारी नेपाल प्रिमियर लिग (NPL) को दोस्रो सिजनको पहिलो क्वालिफायरमा विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा विराटनगरले बलिङ रोजेपछि अब सुदूरपश्चिम रोयल्सले ब्याटिङ गर्ने भएको छ ।
सुदूरपश्चिम अंक तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् । पहिलो सिजनमा छैँटौ स्थानमा यात्रा टुङ्ग्याएको विराटनगर जारी सिजनमा उपाधि दावेदारका रूपमा अघि बढिरहेको छ ।
जारी एनपीएलमा सुदूरपश्चिम र विराटनगरबीचको यो दोस्रो भिडन्त हो । यसअघि शनिबार भएको लिग चरणको २६औँ खेलमा विराटनगरले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको थियो । र यो सुदूरपश्चिमको पहिलो र एक मात्र हार थियो ।
लगातार ६ खेलमा जित हासिल गरेको सुदूरपश्चिमको अपराजित यात्रामा विराटनगरले ब्रेक लगाइदियो । यसकारण पनि आजको खेल रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ ।
सुदूरपश्चिम र विराटनगर दुवै जित हासिल गर्दै फाइनलमा स्थान पक्का गर्ने दाउमा छन् । यसैकारण पनि एकअर्काविरुद्ध आफ्ना उत्कृष्ट खेलाडी मैदानमा उतार्नेछन् । यसको उत्तर खेल सुरु हुनुअगाडि सार्वजनिक प्लेइिङ ११ ले अवश्य दिने नै छ ।
तर, लिग चरणका ७ खेलमा दुवै टोलीका उत्कृष्ट खेलाडीहरूको प्रदर्शन हेर्दा, निम्न ६ खेलाडीहरू आफ्नो टिमलाई जिताउन महत्त्वपूर्ण हुने देखिन्छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij