Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एनपीएलको इलिमिनेटरमा आज काठमाडौँ र लुम्बिनी भिड्दै

एनपीएलको इलिमिनेटरमा आज काठमाडौँ र लुम्बिनी भिड्दै

  • काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज इलिमिनेटर खेल हुदैछ । एनपीएलको इलिमिनेटरमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल दिउसो ४ बजेदेखि शुरु हुदैछ ।

    onlinepatrika
    Arghakhachi

    इलिमिनेटरको विजेता दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्ने छ भने पराजित हुने टिमको एनपीएल यात्रा समाप्त हुने छ ।

    AGNI GROUP

    समुह चरणमा भएको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो । लिग चरणमा काठमाडौँ गोर्खाजले ७ खेलमा ५ जित हासिल गरेको थियो भने २ खेलमा हार बेहोरेको थियो । त्यस्तै लुम्बिनी लायन्सले ७ खेलमा ४ खेल जितेको थियो भने ३ खेलमा हार बेहोरेको थियो ।

    लुम्बिनीबाट कप्तान रोहित पौडेलले सर्बाधिक २०८ रन बनाएका छन् भने डिआर्ची शर्टले १६४ रन बनाएका छन् । त्यस्तै दिलिपनाथले ११३ र सन्दीप जोराले ९२ रन बनाएका छन् । त्यसैगरी काठमाडौँका बेन चार्लेजवोर्थले सर्बाधिक १९७ रन बनाएका छन् भने जोन सिम्प्सनले १५४, आकास त्रिपाठीले ११७ र मिलिंद कुमारले ११३ रन बनाएका छन् ।

    अर्कोतर्फ लुम्बिनीबाट बलर शेर मल्लले सर्बाधिक १० विकेट लिएका छन् भने रुबेन ट्रम्पेलम्यानले ८ विकेट लिएका छन्। त्यस्तै काठमाडौँबाट बलर शाहाब आलम र करण केसीले सर्बाधिक १२- १२ विकेट लिएका छन् भने मिलिन्द कुमारले १० विकेट लिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij