Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । फिफा विश्वकप २०२६ प्रतियोगिता अन्तिमतिर पुग्दैछ। पहिलो पटक तीन देशमा संयुक्त रुपमा आयोजित ४८ टोली सहभागी प्रतियोगिताको समूह चरण र अन्तिम ३२ का खेलहरु पनि सम्पन्न भइसकेका छन्।
चार पटकको विजेता जर्मनी, उपाधि दाबेदार नेदरल्यान्ड्स राउन्ड अफ ३२ बाटै बाहिरिए भने पहिलो पटक विश्वकप खेलेको केप भर्डले विश्वविजेता अर्जेन्टिनालाई अत्यायो। ‘ब्लु शार्क’ले अर्जेन्टिनालाई अतिरिक्त समयमा धकेल्दै अन्तिमसम्म आच्छुआच्छु पार्यो। यस्तै, २ पटकको विश्व विजेता उरुग्वे समूह चरणबाटै बाहिरियो।
अब अन्तिम १६ का खेलहरुमा सबैको नजर रहेको छ भने यस चरणका दुई खेलहरु पनि सम्पन्न भइसकेका छन्। पहिलो खेलमा सह–आयोजक क्यानडालाई ३–० ले हराउँदै मोरक्को क्वाटरफाइनलमा प्रवेश गरेको छ भने दोस्रो खेलमा फ्रान्सले पाराग्वेलाई १–० ले हराउँदै क्वाटरफाइनलको टिकट काटेको छ।
अब यस चरणका ६ खेलहरु हुन बाँकी छन्। भोलि बिहान हुने पहिलो खेलमा ब्राजिलले नर्वेको सामना गर्दैछ भने दोस्रो खेलमा इंग्ल्यान्ड र मेक्सिको भिड्दैछन् ।
यस्तो छ समय तालिकाः
ब्राजिल भर्सेस नर्वे, सोमबार (बिहान १ः४५ बजे)
मेक्सिको भर्सेस इंग्ल्यान्ड, सोमबार (बिहान ५ः४५ बजे)
पोर्चुगल भर्सेस स्पेन, सोमबार (राती १२ः४५ बजे)
अमेरिका भर्सेस बेल्जियम, मंगलबार (बिहान ५ः४५ बजे)
अर्जेन्टिना भर्सेस इजिप्ट, मंगलबार (राती ९ः४५ बजे)
स्विट्जरल्यान्ड भर्सेस कोलम्बिया, मंगलबार (राती १ः४५ बजे)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij