Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

दोस्रो हाफमा स्विट्जरल्यान्डले फर्कायो बराबरी गोल

दोस्रो हाफमा स्विट्जरल्यान्डले फर्कायो बराबरी गोल

  • काठमाडौं ।  फिफा विश्वकप २०२६ अन्तर्गत जारी रोमाञ्चक क्वार्टरफाइनल खेलमा साविक विजेता अर्जेन्टिनाको सुरुवाती अग्रता टिक्न सकेको छैन। दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गर्दै स्विट्जरल्यान्डले खेललाई १–१ को रोमाञ्चक बराबरीमा ल्याएको छ।

    onlinepatrika
    Arghakhachi

    अमेरिकाको क्यान्सस सिटी स्टेडियममा भइरहेको यस खेलको १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। कप्तान लियोनेल मेस्सीको उत्कृष्ट पास (असिस्ट) लाई सदुपयोग गर्दै म्याक एलिस्टरले टोलीलाई अघि बढाएका थिए। खेलको सुरुवातदेखि नै आक्रामक बनेको अर्जेन्टिनाले पहिलो हाफभरि स्विस टोलीमाथि कडा दबाब कायम राखेको थियो।

    AGNI GROUP

    तर, दोस्रो हाफमा स्विट्जरल्यान्डले आफ्नो रणनीति परिवर्तन गर्दै खेलमा आक्रामक रूपमा फर्कियो। लगातारको प्रयास र दबाबकै बीच खेलको ६७औँ मिनेटमा ड्यान एन्डोयेले सानदार गोल गर्दै स्विट्जरल्यान्डलाई खेलमा फर्काए। एन्डोयेको यो गोलसँगै खेल १–१ को स्थितिमा पुगेपछि मैदानमा रोमान्चकता थप चुलिएको छ।

    खेल बराबरीमा पुगेसँगै दुवै टोली सेमिफाइनलमा आफ्नो स्थान पक्का गर्नका लागि निर्णायक गोलको खोजीमा जुटेका छन्। आजको यस खेलमा जित निकाल्ने टोलीले अन्तिम चार अर्थात् सेमिफाइनलमा फाइनल प्रवेशका लागि बलियो प्रतिद्वन्द्वी इङ्गल्यान्डको सामना गर्नेछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij