Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

वर्षा र सावधानी 

वर्षा र सावधानी 

  • दक्षिणको कालो बादल उत्तरतिर सर्यो‍
    चम्किहाल्यो बिजुली गड्याङगुडुङ गर्यो
    हेर्दाहेर्दै एकैछिनमा पर्यो ठुलै पानी
    गडगडाए खहरे र खोल्साहरु अनि ।।

    images
    images
    images

    एकछिनअघि चर्को घाम छिनमै दर्के पानी
    उर्ली आए खोलानाला लगे घरै तानी 
    छिनमै हुने खडेरी त छिनमै बर्खे भेल
    हेर कस्तो अचम्मको प्रकृतिको खेल ।।

    पहाडमा पैह्रा गए तराई भयो ताल
    डरैलाग्ने गरी उर्ले नदीका ती छाल
    पहाड तराई जता पनि हुनसक्छ हानी
    सुरक्षित हुन्छौँ है अपनाएमा सावधानी ।


    -नरिश्वर गौतम

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij